Logo
Logo

सेयर बजारमा रेकर्डै रेकर्ड, एकैदिन १३ अर्बको कारोबार


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । सोमबार सेयर बजारमा कारोबार सूचक (नेप्से) विन्दु र कारोबार रकम दुवैमा रेकर्ड बनेको छ । बजार बन्दा हुँदा नेप्से सूचक सामान्य अंकले बढे पनि यसले २ हजार ८ सय २३ को उच्च विन्दुको रेकर्ड बनाएको हो ।

त्यस्तै, सवा १३ अर्ब रुपैयाँको सेयर किनबेच भएसँगै कारोबार रकममा पनि रेकर्ड बनेको छ । यसअघिको ११ अर्ब ५५ करोड रुपैयाँको रेकर्ड एक हप्तामै तोडेर सोमबार सवा १३ अर्ब रुपैयाँको सेयर किनबेच भएको हो ।

सोमबार सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३१ अंकले बढेको छ । सोमबार कारोबारमा आएका ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ९५ प्रतिशतले बढेको छ भने युनाइटेड इदि मर्दीको ९ दशमलव ८९ प्रतिशत, माउन्टेन हाइड्रोको ९ दशमलव ८७ प्रतिशत र ग्रिन डेभलपमन्ट बैंकको ९। दशमलव ४५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्