Logo
Logo

गण्डकीको बजेट अधिवेशन जेठ १६ मा बोलाउन सिफारिस


दृष्टि संवाददाता

567
Shares

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले आइतबार अधिवेशन डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

पोखरा सभागृहमा आइतबार दिउँसो १ बजेदेखि बैठक शुरू हुनेछ । मन्त्रिपरिषद्को बैठकले अधिवेशन डाक्न सिफारिससहित सडक सम्बन्धी विधेयकको सैद्धान्तिक स्वीकृतिसमेत लिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्