Logo
Logo

२४ घण्टामा ६ हजार ४०४ कोरोना संक्रमित निको


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ६ हजार बढी संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार २४ घण्टामा देशभर ६ हजार ४ सय ४ संक्रमित कोरोनाबाट निको भएका हुन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८ सय ८७ पुगेको छ ।

यस्तै, २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ । क्वारेन्टाइनमा ९१४ जना रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १६९ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार सात सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्