Logo
Logo

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार


दृष्टि संवाददाता

315
Shares

काठमाडाैं । नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दौत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो ।

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि/ राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि/राजदूत लाङ यावौले राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा मंगलबार बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन्।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जनाउ दिने संयुक्त जानकारी पत्रमा पनि दुवै राजदूतले हस्ताक्षर गरेकाे उक्त नियोगले जनाएको छ ।

त्यस अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले पारस्परिक हितका खातिर राष्ट्रिय तथा बहुपक्षीय मञ्च, विशेष गरी राष्ट्रसङ्घमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा विचार आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्