Logo
Logo

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु


दृष्टि संवाददाता

378
Shares

प्रतिकात्मक तस्वीर

संखुवासभा । जंगलबाट ल्याएको च्याउ खाँदा संखुवासभामा २ जनाले ज्यान गुमाएका छन् । सिलिचोङ गाउँपालिका –५ याफुमा जंगली च्याउ खाँदा ९ जना बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको हो

जंगली च्याउ खाएर बिरामी भएकी २१ वर्षीया निर्जला राईको मंगलबार मृत्यु भएको आफन्त डेविन मेवाहाङले जानकारी दिए । च्याउ खाएर आठ वर्षीया रोजिना राईको पनि बीपी काइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको छ ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई धरान रिफर गरिएको थियो । निर्जलाको भने उपचारको क्रममा विराटनगरको लाईफगार्ड अस्पताल मंगलबार बिहान मृत्यु भएको आफन्त मेवाहाङले बताए । उनीहरुले जंगलबाट ल्याएको च्याउ शुक्रबार खाएका थिए ।

जंगली च्याउ खाँदा बुद्धबहादुर र बुद्धिमाया राई, महेन्द्र, वीरेन्द्र, शहदेव राईसहित ९ जना बिरामीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जिल्ला अस्पतालका प्रमुख डा.सुन्दरश्याम जानकारी दिए ।

शुक्रबार च्याउ खाएर सुतेपछि मध्यरातबाट सबैलाई वान्ता हुन थालेपछि सोही दिन याफु आधारभूत स्वास्थ्य सेवामा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई जिल्ला अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्