Logo
Logo

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा


दृष्टि संवाददाता

2.3k
Shares

काठमार्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ ।

संसद विघटन सम्बन्धि सर्वोच्च अदालतले फागुन ११ गते गरेको फैसला नमानी फेरी संसद विघटन गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा पेश गरेका हुन् ।

मुद्दामा प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन २०७३ को दफा १७ ९४० बमोजिम हदैसम्म सजाय माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले अदालतले गरेको प्रतिनिधिसभा पुनर्बहालीलाई जसरी पनि असफल बनाउने बदनियत राखेको, विश्वासको मतमा पराजित भए पनि प्रतिशोध एवं बदनियतपूर्ण तरिकाले संसद विघटन गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्