Logo
Logo

कोरोनाबाट सेनाका सहायक रथीको निधन


दृष्टि संवाददाता

7.1k
Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ ।

सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृत्यु भएको हो । स्रोतका अनुसार उनको सैनिक अस्पताल छाउनीमा उपचार हुँदै थियो । बिहीबार बिहान निधन भएको हो । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए ।

उनलाई स्वास्थ्यमा समस्या भएपछि चारदिन अघिमात्र भेन्टिलेटरमा राखेर उपचार जारी थियो । केही महिनाअघिमात्र बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर फर्किएका केसी सेनामा व्यवसायिक र अब्बल अधिकृतका रूपमा परिचित थिए । न्यूरोडका स्थायी बासिन्दा केसीको श्रीमती र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्