Logo
Logo

प्रधानमन्त्रीलाई पुर्जी काट्न अधिवक्त त्रिपाठीको माग


दृष्टि संवाददाता

24.9k
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अवहेलनाको आरोपमा प्रधानमन्त्रीलाई पुर्जी काटिनुपर्ने माग गरेका छन् । पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेको जिकिर गर्दै त्रिपाठीले अवहेलनाको आरोपमा प्रधानमन्त्रीलाई पुर्जी काटिनुपर्ने माग गरेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानन्यायाधीशको एकल पूर्ण इजलासमा उनले भने– ‘पुरानो फैसलाको पूर्णपाठ नआउँदै फेरि विघटन गरेर अदालतको अपहेलना प्रधानमन्त्रीबाट भयो । त्यसैले संसद् विघटन नभएको मानेर कामकारवाही सुरू गर्ने आदेश दिनुपर्छ ।’

विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ भन्ने प्रश्न गर्दै पहिले प्रधानमन्त्रीको पद खाली नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत भएको समेत उनको जिकिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्