Logo
Logo

एमाले सुदूरपश्चिमले तीन मन्त्रीमाथि कारवाही थाल्यो


दृष्टि संवाददाता

2.3k
Shares

कैलाली । नेकपा एमालेले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीमाथि कारवाही थालेको छ ।

सुदूरपश्चिम प्रदेश कमिटीले आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण माग्दै कारवाही थालेको हो ।

सरकारबाट फिर्ता हुन पार्टीले दिएकाे निर्देशन अवज्ञा गरेको, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको भलगायत आरोप लगाउँदै उनीहरुसँग जवाफ मागिएको छ ।

प्रतिक्रिया दिनुहोस्