Logo
Logo

संसद छलेर दूरगामी महत्त्वका निर्णय नलिन कांग्रेसको खबरदारी


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दूरगामी महत्त्वका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै संसदीय प्रक्रिया छलेर दूरगामी महत्त्वका निर्णय नलिन खबरदारी गरेका हुन् ।

देउवाले कोरोना भाइरस नियन्त्रणका लागि मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएका विभिन्‍न सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न समेत माग गरेका छन् । 

दलका नेताहरु र मन्त्रीसमेतले विदेशबाट आएको अक्सिजन सिलिन्डर र विभिन्न स्वास्थ्य सामग्रीमा आफ्नो पोस्टर टाँसेर प्रचारबाजी गरेपछि कांग्रेसले त्यसाे नगर्न भनेकाे हाे ।

कोरोना नियन्त्रणका लागि कांग्रेसले दिएका १५ बुँदे सुझाव कार्यान्वयनमा सरकार उदासीन देखिएको उनले आरोप समेत लगाएका छन् । 

कांग्रेसले कोभिड–१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकताअनुसार आईसीयु वेड र अक्सिजन व्यवस्था र निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्