साेलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथामा भइरहेको ठूलो हिमपातका कारण झन्डै १ सय ५० जना पर्वतारोही अड्किएका छन् । आरोहण दलका सहयोगीहरू र पर्वताराेही ६,४०० मिटर उचाइमा बस्न बाध्य भएका हुन् ।
सगरमाथा आधार शिविरमा मौसम बिग्रिने सूचनासँगै चौथो शिविरसम्म पुगेका पर्वतारोही दोस्रो शिविरमा फर्किएक छन् । अहिले कोही पनि पर्वतारोही दोस्रो शिविरभन्दा माथि नरहेको बताइएकाे छ । तर, आरोहण सम्पन्न गरी आधार शिविर फर्किने क्रममा घाइते भएका केहीले हेलिकप्टरमार्फत् उद्धारको प्रतीक्षा गरिरहेका छन् ।
आरोहीमध्ये केही क्याम्प २ मा र केहि आधार शिविरमा छन् ।