काठमाडौं । पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १७ सय भन्दा बढी गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ सय २३ सवारी साधनमध्ये ४ सय ५५ वटा गाडी र १ हजार २ सय ६८ वटा मोटरसाइकल छन् ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय १५ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ सय ८२ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै २ हजार ६ सय १३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।
साथै देशभर सञ्चालित ८९ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ३ सय ९७ जनालाई सचेत गराइएको छ ।