Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

संसद विघटनविरुद्धको रिट संवैधानिक इजलासमादेखि अध्यादेशबाट बजेट नल्याउन मागसम्म


दृष्टि संवाददाता

3.3k
Shares

१. २४ घण्टामा देशभर ६ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको २० हजार ४१४ पीसीआर परीक्षणमा ६ हजार ७३१ जनामा कोरोना पुष्टि, हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुग्यो, ७ हजा २२६ जना कोरोना संक्रमणमुक्त , देशभर गरी थप १०६ जनाको मृत्यु, कोभिड उपचार गर्न अस्पतालका बेड बारे जानकारी लिन स्वास्थ्य मन्त्रालयले ल्यायो बेटा वेबसाइट ।

२. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दूरगामी महत्त्वका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण, संसदीय प्रक्रिया छलेर दूरगामी महत्त्वका निर्णय नलिन खबरदारी, कोरोना नियन्त्रणका लागि कांग्रेसले दिएका १५ बुँदे सुझाव कार्यान्वयनमा सरकार उदासीन देखिएको आरोप, कोरोना नियन्त्रणका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोगको पार्टीकरण नगर्न र खोपलगायतका स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितताको छानबिन गर्न समेत देउवाको माग ।

३. महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप, राष्ट्रिय मानव अधिकार आयोगको २२ औं स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको दावी, नागरिकको जीवनरक्षाका लागि तीन–चार सय पर्ने अक्सिजन सिलिन्डर ५० हजार तिरेर ल्याइएको प्रधानमन्त्रीको भनाइ ।

४. सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षका १४ र चुनावको पक्ष तथा केपी ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै परेका चारवटा रिटमाथि सुनुवाइ, प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न मागमा अन्तरिम आदेश दिन अस्वीकार, सबै रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासको आदेश ।

५. सभामुख अग्नि सापकोटाद्वारा संविधानविद्सँग छलफल, बजेट अधिवेशन बोलाउनका लागि सभामुखले राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने अधिवक्ताहरूको तर्क, संविधानवाद, संसदीय व्यवस्था र संवैधानिक सर्वोच्चताको जगेर्ना गर्ने दायित्व सभामुखलाई पनि भएको बताउँदै जेठ १५ मा बजेट ल्याउन संसद हुनै पर्ने दावी, पूर्वअर्थमन्त्री मञ्चको पनि अध्यादेशबाट आउने बजेट कामचलाउ मात्र हुनुपर्ने तर्क ।

६. आगामी कात्तिक र मंसिरका लागि घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचनका मतदातालाई प्रभावित पार्ने गरी नीति तथा कार्यक्रम र बजेट नल्याउन सरकारलाई पूर्व प्रमुख निर्वाचन आयुक्तहरूको ध्यानाकर्षण, पूर्व आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव र कार्यवाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङद्वारा निर्वाचन आयोगलाई पनि नीति तथा कार्यक्रम र बजेटका विषयमा सरकारको ध्यानाकर्षण गराउन सजग ।

७. नेकपा एमाले सुदूरपश्चिम कमिटीले माओवादी नेतृत्वको सरकारमा सहभागी प्रदेशका तीन मन्त्रीलाई कारवाही प्रक्रिया सुरु, बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण, सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेको, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको भन्दै उनीहरूसँग जवाफ मागियो, स्पष्टीकरणको चेतावनीकै बीच माओवादी सरकारमा मन्त्री थप्ने माधव पक्षको तयारी ।

८. सेयर बजारमा नयाँ रेकर्ड, एकै दिन साढे १४ अर्ब माथिको कारोबार, राष्ट्र बैंकको निर्देशनपछि लवघुवित्तको सेयर मूल्य घट्यो, हकप्रदको आशामा हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, आइएफसीले डोल्मा कोष– २मा १ अर्ब १६ करोड लगानी गर्ने, साना तथा मझौला उद्योगलाई सहयोग पुग्ने, रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त, माथिल्लो तामाकोशीको दोस्रो अडिट टनेल गेटबाट पनि पानी चुहियो, दुई दिनमै परीक्षण रोकियो, मर्मत गर्न परामर्शदाता कम्पनीसँग छलफल गर्दै ।

९. विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत, फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत, नेपाल र इराकबीचको खेल शनिवार राति सवा १० बजेबाट सुरु हुने, खेल खेलेको अर्को दिन नेपाली टिम कुवेत जाने, पहिलो पटक युरोकपमा छनोट भएको फिनल्याण्डलाई समूहमा कठिन ।

१०.र, भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी, अमेरिकामा २ करोड ७६ लाखभन्दा धेरैले जिते कोरोना, कोरोनाको उत्दगमस्थलको अनुसन्धान तीन महिनाभित्र टुंग्याउन गुप्तरचर निकायलाई बाइडेनको निर्देशन, ‘यास’ चक्रवातले भारतका पूर्वी राज्यहरु प्रभावित, चार जनाको मृत्यु, भारतमा थप २ लाख ११ हजारमा संक्रमण, कंगोमा ज्वालामुखी विस्फोट हुँदा ३२ को मृत्यु, सयौँ जना बेपत्ता ।

प्रतिक्रिया दिनुहोस्