एजेन्सी । भारतीय अभिनेत्री तथा भाजपा सांसद किरण खेर अस्पताल भर्ना भएकी छन् । उनलाई बिहीबार बिहान मुम्बईको कोकिलाबेन अम्बानी अस्पताल भर्ना गरिएको हो ।
पछिल्लो समय क्यान्सरसँग लड्दै आएकी खेरको बिहीबार नै बोन म्यारो सर्जरी गरिएको छ । करिब तीन घन्टा चलेको सर्जरीमा उनको बोन म्यारोको क्यान्सरसम्बन्धी बोन निकाल्ने कोशिश भएको थियो ।
अस्पतालमा उनको साथमा पति अनुपम खेर समेत छन् ।