Logo
Logo

भारतमा ४४ दिनयताकै कम संक्रमण, दिल्लीमा लकडाउन खुकुलो बनाउने तयारी


दृष्टि संवाददाता

5.7k
Shares


काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण कम हुँदै गएको छ । शुक्रबार पछिल्लो ४४ दिनकै न्यून संक्रमण देखिएको छ ।


शुक्रबार एक लाख ८६ जहार ३६४ जनामा संक्रमण देखिएको छ । भारतमा एकैदिन संक्रमण चार लाख १४ हजारसम्म पुगेको थियो । पछिल्लो २४ घन्टामा दुई लाख ५९ हजार निको भएका छन् भने ३ हजार ६ सय ६० को मृत्यु भएको छ ।


भारतको केही राज्यमा धेरै घटेपनि दक्षिणी राज्यहरुमा बढीरहेको छ । दिल्ली, उत्तर प्रदेश, महाराष्ट्र लगायत देशमा संक्रमण घटेको छ । दिल्लीमा एक दिनमा एक हजारमा मात्र नयाँ संक्रमण देखिएको छ । जसअनुसार १ जुनदेखि दिल्लीमा लकडाउन खुुकलो बनाउने तयारी दिल्ली सरकारको तयारी छ ।
भारतमा २१ करोडले भ्याक्सिन लगाइसकेका छन् । त्यस्तै परीक्षण पनि धेरै भएकाले संक्रमण न्यूनीकरण भएको हो । नेपालमा पनि भारतकै जस्तै संक्रमण घट्ने बताइन्छ । तर, नेपालमा भ्याक्सिनको अभाव रहेको र परीक्षण कम भएकाले अपेक्षित रुपमा संक्रमण घट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्