Logo
Logo

संवैधानिक इजलासको सदस्यमाथि प्रश्न, सुनुवाइ स्थगित


दृष्टि संवाददाता

32.4k
Shares

काठमाडौं । नेकपा खारेज गर्ने न्यायधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासको सदस्य बनाइएको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि ​प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ स्थागित भएको छ ।

अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखेकामा प्रश्न उठाएका थिए । इजलासको सदस्यमाथि नै प्रश्न उठेपछि आइतबारसम्मका लागि सुनुवाइ स्थगित गरिएको हो । न्यायाधीश श्रेष्ठ र कुमार रेग्मीको इजलासले गत फागुन २३ गते नेकपा खारेज गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रबार आफूसहित दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेको संवैधानकि इजलास गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्