Logo
Logo

नेपाल लाइफको मर्मस्पर्सी सचेतनामूलक भिडियो सार्वजनिक


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौँ ! करोनाविरुद्धको यो लडाइँ घरमै बसेर लडौँ’ भन्ने सन्देशसहितको सांगीतिक भिडियो तयार पारेको हो ।

लडौँसँगसँगै, लडौँ सँगसँगै
स्वस्थ बनी अघि बढौँ हामीसँगसँगै
स्वस्थ बनी अघि बढौँ हामीसँगसँगै
सबको पीडा उस्तैउस्तै देश साथमा छ
बाँच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ
सबैको पीडा उस्तैउस्तै देश साथमा छ
बाँच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ
बाचौँसँगसँगै बचाऔँ सँगसँगै
नाच्दै गाउदै सबै रमाउला भोलिसँगसँगै
नाँच्दै गाउँदैसँगै रमाउला हामीसँगसँगै
(सचेत बनौँ करोनाबिरुद्धको यो लडाइँ घरमै बसेर लडौँ)

कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । यस महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । आफू बाँच्ने र अरुलाई पनि बचाउन हामी आफैँले सावधानी अपनाउन आग्रह गरिएको छ । भोलिका दिनमा महामारीबाट मुक्त भई सामान्य अवस्थामा जनजीवन आएपछि फेरि पनि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ ।

भिडियोको अन्त्यमा सचेत बनौँ, कोरोनाविरुद्धको यो लडाइँ घरमै बसेर लडौँ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ । सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ठ भिडियो बनेको छ ।

हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ । पुष्कर महतोको स्वर, संगीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका छन् । साथै सन्तोष दवाडीले सम्पादन गरेको भिडियो अल थ्री मिडिया घर, बागबजारको पोष्ट प्रोडक्सन रहेको छ । उक्त भिडियो पोष्ट प्रोडक्सन प्रमुख पदम तिमल्सिना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्