काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाबाट रु २५ लाखको घातक रोग दाबी भुक्तानी गरेको छ । दावी भुक्तानी २०७८ जेठ १३ गते जिल्ला सिरहा नपा लहान–१ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बिमावापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम रु २५ लाख विमांक रकमवापत भुक्तानी गरिएको छ ।
सकुन्तला कुमारी पोद्दारले मिती २०७६ असोज २७ गते रु २५ लाखको जीवन अमृत योजना खरिद गरेका थिए । दाबी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजयकुमार सिंह, सिनियर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको सपरिवारको उपस्थिति थियो ।
बिमा दावी भुक्तानी लीदैगर्दा विमितको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।