Logo
Logo

एसियन च्याम्पियनसिपका लागि महिला भलिबलका ३० खेलाडी बन्द प्रशिक्षणमा


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । एसियन च्याम्पियनसिपका लागि तयारीका लागि राष्ट्रिय महिला भलिबल टोलीको ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ ।
पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको प्रदर्शनलाई आधार मान्दै तीन सदस्यीय समितिले टोली छनोट गरेको नेपाल भलिबल संघले जनाएको हो ।

छनोट समितिमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य थिए ।

प्रारम्भिक टोलीमा होंगान्जी न्यू डायमन्डका ७, विभागीय टोली एपिएफ र पुलिसबाट समान ७ जना तथा आर्मीबाट ८ खेलाडी टोलीमा परेका छन्। यस्तै भरतपुर मेट्रोबाट सरस्वती कट्टेलले स्थान बनाएकी छन् ।

टोलीमा ९ खेलाडीले पहिलो पटक स्थान बनाएका हुन् । पहिलो पटक स्थान बनाउनेमा सरस्वती जैसी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, रिमा कुँवर, कामना विष्ट, पुजा चौधरी, झरना श्रेष्ठ र वाल्मिका आचार्य पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

यस्तै आरती सुवेदी, निशा चौधरी, प्रगती नाथ, पुष्पा शाही र पुष्पा चौधरी वैकल्पिक खेलाडीका रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्