कैलाली । सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् ।
शुक्रबार मात्रै नियुक्त भएका एमालेका प्रमुख सचेतक लालबहादुर खड्कालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै, प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी चयन भएका छन् ।
त्यस्तै राज्यमन्त्रीमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार नियुक्त भएका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पनि लिने भएका छन् ।