Logo
Logo

सिरियाको राष्ट्रपतिमा पुनः बसर अल असद निर्वाचित


दृष्टि संवाददाता

189
Shares

एजेन्सी । सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन् । दुई दिन अघि भएको मतदानबाट उहाँ नै पुनः राष्ट्रपति निर्वाचित भएका हुन् ।

सिरियाको संसदले असद पुन सिरियाको राष्ट्रपतिमा निर्वाचित भएको समाचार घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार उनले यस पटकको निर्वाचनमा प्रतिद्वन्द्वीको भन्दा धेरै मत ल्याए । उनको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ ।

यस पटक समेत गरी उनी सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएका छन् । उनको कार्यकाल सात वर्षको हुनेछ । उनले यसअघि सन् २०१४ मा भएको निर्वाचनमा ८८ प्रतिशत मत ल्याएकोमा यस पटक भने त्यो भन्दा पनि बढी मत ल्याएका हुन् ।

सिरियामा अहिले पनि सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रहरुमा मात्र मतदान भएको बताएको थियो । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुबोहकका क्षेत्रमा सुरक्षा व्यवस्था निकैकडा बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्