Logo
Logo

कोरोना संक्रमण घट्दै जाँदा दिल्लीमा लकडाउन खुकुलाे बनाइँदै


दृष्टि संवाददाता

1.4k
Shares

एजेन्सी – भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा पछिल्ला दिनहरू कोरोना संक्रमण दर घट्दै गएको बताएका छन् । दुई करोड जनताको मेहनतले यो सम्भव भएको उनको भनाइ छ ।

मुख्यमन्त्रीले संक्रमण दर घट्दै गएकाले अब लकडाउन खुलाउने बेला आएको बताए । उनले दैनिक ज्यालादारी मजदूरलाई प्राथमिकता दिने बताउँदै भने, ‘निर्माण र कारखानाको काम सोमवार बिहानबाट खोलिनेछ । एक हप्ताका लागि यो खोलिएको हो ।’

उनले कोरोना संक्रमण फेरि बढेको खण्डमा भने पुनस् लकडाउन लगाउनुको विकल्प नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्