Logo
Logo

पाटन रोटरी र हार्ट फाउण्डेशनद्धारा स्वास्थ्य सामग्री सहयोग


दृष्टि संवाददाता

63
Shares

काठमाडौं । पाटन रोटरी र हार्ट फाउण्डेशनले विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको महामारी बढीरहेका बेला चिकित्सकलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री फाउण्डेशनले हस्तान्तरण गरेको हो ।

प्रतिष्ठानले शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पताल, बिर अस्पताल मुटु बिभाग, सिभिल अस्पताल, ख्वाप अस्पताल, ललितपुर हार्ट क्लिनिक लगायत अन्य आठ वटा स्वास्थ्य संस्थालाई २० लाख बराबरको पिपिइ र मास्क लगायतका स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ ।

यस्तै, फ्रन्टलाइनमा रहेर अहोरात्र खटिएकोमा धन्यवाद दिँदै प्रतिष्ठानले चार सय स्वास्थ्यकर्मीलाई ड्राईफूड प्याकेट उपलब्ध गराएको छ ।
सिभिल अस्पतालमा उपचारत ५० जना कोभिड–१९ पीडित गरिब बिरामीहरुका लागि ४५ दिनसम्म निःशुल्क खानाको व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्