Logo
Logo

देश ‘नयाँ संविधान’को कोर्षतर्फ बढ्दैछ- घनश्याम भूसाल


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले देश नयाँ संविधानको कोर्षतर्फ अगाडि बढेको बताएका छन् । प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको घोषणा गर्नु, अदालतबाट नेकपा खारेज गरेज गर्नु र न्यायालयले पुनःस्थापना गरेको प्रतिनिससभा फेरी विघटन गरेर निर्वाचन घोषणा गर्नुले देश नयाँ संविधानको कोषतर्फ अगाडि बढेको नेता भूसालले संकेत गरेका हुन् ।

शनिबार फेसबुकमा स्टाटस लेख्दै नेता भूसालले एकवर्ष अगाडि एक राजनीतिकर्मीले भनेको कुरा यसरी स्मरण गरेका छन– ‘उनले भनेका थिएः नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईंहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुने छैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।’

उक्त राजनीतिकर्मीको भनाइ स्मरणा गर्दै नेता भूसालले भनेका छन– ‘घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् ।’ उनले पछिल्लाे घटनाक्रमले नयाँ संविधानको कोर्समा मुलुकलार्ई धकेलिएकाे भनेका हुन् ।

नेता भुसालले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्नुको कारणबारे स्पष्टीकरण समेत दिएका छन्। एक सांसदको हिसाबले आफूले मर्यादा उल्लंघन गरेको स्वीकार गर्दै अहिलेको व्यवस्था र संविधान बचाउनका लागि आफूसँग त्यसको विकल्प नभएको उनको भनाइ रहेको छ ।

उनले भनेका छन्– ‘अहिले नेकपा एमालेका केही सांसदहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंघन विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ ।’

आफ्ने निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकांक्षाकाे रहेको र जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको उनको स्ष्टीकरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्