Logo
Logo

पुनर्बीमा कम्पनी खोल्न हिमालयन रिइन्योरेन्सलाई अनुमति


दृष्टि संवाददाता

441
Shares

काठमाडौं। बीमा समितिले हिमालयन रि-इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न दिने निर्णय गरेको छ। समितिमा नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लागि आवेदन दिएका पाँच कम्पनी मध्ये हिमालयन रि इन्योरेन्सलाई अनुमति दिने भएको हो ।

निवेदन दर्ता गराउनेमा हिमालयनसहित प्रुडेन्सियल रि-इन्योरेन्स, अन्नपूर्ण रि-इन्स्योरेन्स, काठमाडौं रि-इन्स्योरेन्स र जेन्युन रि-इन्योरेन्सले प्रस्ताव दर्ता गरेका थिए । 

बीमा समितिले पुनर्बीमा व्यवसायलाई प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएको भन्दै गत वैशाख १६ गते प्रस्ताव आह्वान गरेको थियो ।

समितिले गत बैशाख १६ गते २१ दिने सूचना जारी गर्दै थप एक पुनर्बीमा कम्पनीको लागि प्रस्ताव आह्वान गरेको थियो ।

अहिले पुनर्बीमा कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी मात्रै सञ्चालनमा छ । नीजि क्षेत्रबाट हिमालयन रि थपिएपछि नेपालमा २ वटा पुनर्बीमा कम्पनी हुनेछ ।

हिमालयन रि इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यवसायिक घरानाको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्