Logo
Logo

हावाहुरीले वादी बस्तीमा रुख ढल्याे, १४ जनाको उद्धार


हिक्मत बम

63
Shares

लम्की । मंगलबार बिहान आएको हावाहुरीका कारण कैलालीमा रुख खस्दा एक घरमा क्षति भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बलचौरमा रहेको भूमिहीन वादी बस्तीका जीते वादीको घरमा क्षति भएको हो । घरको नजिकै रहेको सुकेको रुख बिहान ९ बजेको समयमा हावाहुरीका कारण घरमा खसेको हो ।

घर भित्रैरहेका उनीहरुको १४ जनाको परिवारलाई स्थानीयले उद्धार गरेको बताइएको छ । रुख खस्दा घरमा लगाएको एकपट्टीको जस्तापाता र अन्य सामग्री गरि ५० हजार भन्दा बढीको नोक्सानी भएको जीते वादीले बताए । विशेषगरी वर्षातको समयमा हावाहुरीलगायतका दैविप्रकोपका कारण आफूहरु असुरक्षीत रहेको जीते वादीले बताए ।

बस्तीमा रहेका रुखहरु कुनैपनी बेला घरमा खस्नसक्ने भएकाले सो समस्या समाधानका लागि सब डिभिजन वन कार्यालय लम्कीलाई बारम्बार जानकारी गराउदा पनि समस्याको समाधान नगरिएको स्थानीय रमेश वादीले गुनासो गरे ।

रुख हटाउन प्रदेश र संघीय सरकारबाट मात्र सम्भव हुने भन्दै सब डिभिजन वन कार्यालय उम्कीन खोजेको वादी बस्तीका अधिकांश मानिसहरुको भनाइ छ । उता सव—डिभिजन वन कार्यालय लम्कीका प्रमुख सोमलाल घलानले वादी बस्ती बस्ती वन क्षेत्रमा पर्ने भएकाले कानुनी रुपमा उक्त ठाउँका रुखहरु हटाउन नसकिने बताए ।

वादी बस्तीमा दुई दर्जन भन्दा बढी सुकेका रुखहरु छन । यी रुखका कारणले वर्षातको समयमा आउने बाढी र हावाहुरीका घर भित्र बस्न डराउने गर्छन वादीहरु । उनीहरुलाई भोक, निन्द्र, तिर्खा भन्दापनि गर्मी र वर्षातको समयमा हावाहुरी र बाढीको डर छ । उनीहरु वर्षातको समयमा अब के हुने हो भन्ने चिन्तमै रात बिताउने गर्छन ।

घरमा रुख खसेपछी निकै भयभित भएका वादी बस्तीका बासिन्दाहरु पूर्व—पश्चिम राजमार्गको सडक छेउमा त्रिपाल टाङ्गेर बसेका छन । हावाहुरी शान्त भएपनी राती सुतेको समयमा अकस्मात केही हुन्छकि भन्ने डरले उनीहरु छोराछोरीलाई सुताएर बसिरहन्छन ।

प्रतिक्रिया दिनुहोस्