Logo
Logo

मन्त्री हुँदा ज्ञवालीले कति कमाए ?


दृष्टि संवाददाता

1.3k
Shares


काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पदमुक्त भएलगत्तै आफ्नो आम्दानीरखर्च विवरण सार्वजनिक गरेका छन् । मन्त्री बनेको अविधिमा आफूले ९ लाखभन्दा बढी लेभी पार्टीलाई बुझाएको ज्ञवालीले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरणअनुसार मन्त्रीबाट हट्दा उनको खातामा सात लाखभन्दा बढी बचत रहेको उल्लेख गरेका छन् ।

‘हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।’ उनले लेखेका छन्,

‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ,’ ज्ञवालीले लेखेका छन् ।

आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) हिजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिबार छाड्ने उनले बताएका छन् । मन्त्री पदमा रहँदा आफूलाई सहयोग गर्ने कर्मचारीहरुलाई उनले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्