काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । गुरुङले २७ गते बिहीबार विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् ।
प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । अल्पमतको सरकार भएकाले उनले एक महिनाभित्र नै विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
विश्वासको मत लिँदा २ दिनअघि जानकारी दिनुपर्ने व्यवस्थाअनुसार पत्र सचिवालयमा दर्ता गराएका हुन् ।