बुटवल । प्यूठानमा वनभोज खान जानेक्रममा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ मल्लरानीनजिकै दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी दाङ तुल्सीपुर–४ का प्रकाश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले कार कच्ची सडकबाट चिप्लिएर झण्डै ७० मिटर तल खसेको छ ।