Logo
Logo

निषेधाज्ञा थप्ने कि के गर्ने ? प्रजिअहरुको बैठक बस्दै


दृष्टि संवाददाता

2k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज ३ बजे बस्दैछ । उक्त बैठकले निषेधाज्ञाको समय लम्ब्याउने वा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञा ३१ जेठमा अर्थात भोली सकिँदैछ । आज बस्ने बैठकले निषेधाज्ञाको माडालिटीबारे निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन् ।

उनका अनुसार १ असारबाट निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे बैठकले निर्णय गर्नेछ । तर, अहिलेसम्म निषेधाज्ञाको मोडालिटी तयार पारिएको छैन । यसअघि काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले कोरोना संक्रमणको जोखिम कामयमै रहेकाले निषेधाज्ञा एक साता थप्न सकिने बताएका थिए । तर, थपिएको निषेधाज्ञा केही खुकुलो पारिनेछ ।

पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर संक्रमितको संख्या घटिरहेका छन् भने मृत्यु हुनेको संख्या पनि कम भएको छ । तर, संक्रमणको जोखिम भने कायम नै रहेको स्वास्थ्य विज्ञहरुले बताएका छन् । त्यसैले पनि निषेधाज्ञालाई केही खुकुलो पारेर लम्बाउनु पर्ने मनशायमा प्रजिअहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्