Logo
Logo

जनमोर्चा सरकारमा सहभागी हुँदैन : अध्यक्ष केसी


दृष्टि संवाददाता

4.1k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालले गण्डकी प्रदेशमा केपी ओलीको प्रतिगमनको मतियार हटाउन विपक्षी गठबन्धन सफल भएको टिप्पणी गरेको छ ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभा भंग गरी मध्यावधि चुनाव गराउने प्रदेश सरकारको षडयन्त्रलाई गठबन्धनले विफल बनाएको बताएका छन् ।

‘जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस जगतले असफल पारेका छन् ।’

‘प्रतिगामी सरकारलाई हटाई गठन भएको प्रतिगमन विरोधी शक्तिहरुको नयाँ सरकारलाई हामीले बधाइ दिन चाहन्छौँ’ उनले भनेका छन्, ‘यसका साथै उक्त सरकारमा हाम्रो पार्टी सहभागी नहुने र सरकारले आगामी दिनमा अपनाउने नीतिको दोष र गुणको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति हुनेछ ।’

गण्डकी प्रदेशको सरकारलाई हटाउनका लागि विपक्षी गठबन्धनले झण्डै दुई महिनादेखि संघर्ष गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्