Logo
Logo

यूराे कपमा इंग्ल्याण्डको विजयी शुरुवात


दृष्टि संवाददाता

504
Shares

काठमाडाैं । युरोपियन च्याम्पियनसिप फुटबलमा इंग्ल्याण्डको विजयी शुरुवात गरेको छ ।समूह ‘डी’ को पहिलो खेलमा इंग्ल्याण्डले क्रोएशियालाई एक शून्य गोल अन्तरले पराजित गरेको हो ।

यो सँगै २०१८ को उप विजेता क्रोएशियाले युरो कपमा पराजयबाट प्रतियोगिता शुरु गर्न बाध्य भयो । उता  इंग्ल्याण्डले भने विश्वकप फुटबलको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिएको छ ।

उसका लागि रहिम स्ट्रलिङले ५७ औं मिनेटमा गाेल गरेका थिए । काल्भिन फिलिप्सले दिएको पासलाई स्ट्रलिङले गोलमा परिणत गरेका हुन् ।  ६१ औं मिनेटमा हेरि केनले अग्रता दोब्बर बनाउने अबसर गुमाएका थिए । जीतसँगै समूह डीमा रहेको इंग्ल्याण्डले तीन अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्