Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

संवैधानिक परिषदको सिफारिसविरुद्ध रिटदेखि युरो कपमा इंग्ल्याण्डको जीतसम्म


दृष्टि संवाददाता

504
Shares

१. २४ घण्टामा देशभर २ हजार ४ सय ७ जना कोरोना संक्रमित थपिए , तीन हजार ९ सय ९४ जना संक्रमित निको भए, देशभर गरी थप ४६ जनाको मृत्यु , संक्रमण एक तिहाईले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दावी, लक्षित वर्गले नै कोरोनाविरुद्ध खोप नपाएको मन्त्रालयको स्वीकारोक्ति ।

२. उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाको अवधी थप , जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई असारको ७ गतेसम्म बढाउने निर्णय, तरकारी तथा खाद्यान्न पसल अब बिहान ११ बजेसम्म खुल्ने, अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइने, पुस्तक पसल पनि खोल्न दिने निर्णय, अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने निर्णय, सभा सम्मेलन, व्यवसाय तथा नित्य पूजा, शैक्षिक संस्थाहरु, सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय यथावत् ।

३. जनता समाजवादी पार्टीका दुई अध्यक्षले एक–अर्कालाई गरेको कारवाहीलाई मान्यता नदिइ पुरानै पदाधिकारी कायम रहने निर्वाचन आयोगको निर्णय, दुई समुहले गरेका कारवाही कानूनसम्मत नदेखिएको आयोगको ठहर, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको चार पाने निर्णयमा हस्ताक्षर , राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा भएको विवरण हेरफेर गर्दा कुनै पनि अध्यावधिक गर्न नमिल्ने भएकाले यस्तो निर्णय गरिएको जानकारी ।

४. संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिस रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता, अध्यादेश जारी गरी संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नु संविधान विपरीत रहेको भन्दै उनीहरुको नियुक्ति रोक्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालद्वारा रिट दायर ।

५. सत्तारुढ नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक, पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक आह्वान, सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशका चार सांसदको पुनर्बहाली गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा, बैठकमा माधव नेपाल समूहलाई पनि बोलाइयो ।

६. कर्णाली प्रदेशका सांसद अमरबहादुर थापा विरुद्ध दायर नैतिक पतन विरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतद्वारा मिसिल झिकाउने आदेश, सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलासले सूर्यमणी गौतम रिट निवेदक रहेको मुद्दामा दैलेख जिल्ला अदालतबाट २०४७ असार १४ गते र २०५० पुस ६ गते भएको कीर्ते जालसाजी मुद्दाको सक्कल मिसिल झिकाउन इजलासले आदेश ।

७. ६ वटा प्रदेशको एकै दिन नीति तथा कार्यक्रम पारित, प्रदेश १ र वागमती प्रदेशमा एमाले एक हुँदा कार्यक्रम सहजै पारित, लुम्बिनी प्रदेशको कार्यक्रम पारित हुँदा शंकर पोखरेललाई सहज, सुदूरपश्चिम प्रदेशमा एमालका ओली समूहले विरोध जनाएपनि कार्यक्रम पारित, सबैलाई आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने बाटो खुल्यो ।

८. अघिल्ला दिनहरुमा जस्तै आइतबार पनि सेयर बजारको नयाँ रेकर्ड, अघिल्लो कारोबार दिनको तुलनामा ३८ दशमलव २ अंकले बढेर समग्र नेप्से २ हजार ९ सय ८३ दशमलव १० विन्दुमा, राजस्व घटेपछि लक्ष्मी इन्टरकन्टिनेन्टल विद्युतीय गाडीमा एग्रेसिभ, २१ ठाउँमा चार्जिङ प्वाइन्ट, सर्वोच्चको आदेशको एक सातापछि इ–कमर्श र ढुवानी संचालन गर्न दिने स्थानीय प्रशासनको निर्णय,संस्थागत बीमा अभिकर्ता निर्देशिका खारेज गर्न अभिकर्ता संघको माग, उचित माग पुरा नभए आन्दोलन गर्ने चेतावनी।

९.युरोपियन च्याम्पियनसिप फुटबलमा इंग्ल्याण्डको विजयी शुरुवात, समूह डी को पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएशिया १–० गोल अन्तरले पराजित, अष्ट्रिया र नर्थ म्यासेडोनिया भिड्दै, आजै राति नेदरल्याण्डस् र युक्रेन भिड्दै, नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदै, कोपा अमेरिका आज रातिबाट सुरु हुने, उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलासँग प्रतिस्पर्धा गर्दै ।

१०.र, म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी७ को सम्मेलन स्थलमा प्रदर्शन, हिन्दू मन्दिर भत्काउने कार्य रोक्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश, चीनमा ग्यास बिस्फोटन हुँदा १२ जनाको मृत्यु, कतारमा संक्रमण घट्दो, २७ लाख बढीले लगाए कोरोनाबिरुद्धको खोप, अमेरिकी सदनले गूगल, फेसबुक, ऐप्पल र अमेजनमाथि लगाम लगाउँदै, इजरायली संसदले नयाँ सरकार गठनलाई स्वीकृति दिने, नयाँ सरकार आत्मसमर्पणवादी भएको नेतन्याहूको आरोप ।

प्रतिक्रिया दिनुहोस्