Logo
Logo
जसपा विवाद

निर्वाचन आयोगप्रति बाबुरामको आक्रोस् : वादी-प्रतिवादी मिलेर बस्नु भन्ने ?


दृष्टि संवाददाता

10.2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका छन् । वादी र प्रतिवादी मिलेर बस्नु भन्ने फैसला गरेको भन्दै भट्टराईले आयोगको भूमिकातर्फ संकेत गर्दै प्रश्न समेत उठाएका छन् ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक, अर्कालाई गरेको कारवाहीलाई आयोगले आइतबार मान्यता दिन नसकिने बताएपछि डा. भट्टराईले असन्तुष्टि जनाएका हुन् ।

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जोडेर हेरेका छन् । ‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्रः कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नु । चोरलाई पनि मैले चोरेको हैन भनेर उल्टै मुद्दा हाल्ने (वादी) ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनु । मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन् मिलेर बस्नु भन्ने फैसला गर्नु वाह।’

जसपामा ठाकुर र नेता राजेन्द्र महतो ओली सरकारमा गएपछि बिबाद छ । भट्टराई र यादव पक्ष भने ओलीको विकल्पमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्