Logo
Logo

१२ वर्षपछि इजरायलकाे सत्ताबाट नेतान्याहु बाहिरिए


दृष्टि संवाददाता

189
Shares

एजेन्सी । १२ वर्षदेखि इजरायली सत्तामा रहेका बेन्यामिन नेतान्याहु विपक्षमा पुगेका छन् । नेतान्याहु इजरायलमा सबैभन्दा बढी सरकार चलाउने प्रधानमन्त्री हुन् ।

उनी ५ पटक इजरायलको प्रधानमन्त्री बने । उनी पहिलो पटक सन् १९९६ देखि १९९९ सम्म प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी सन् २००९ देखि २०२१ सम्म लगातार सरकारको नेतृत्वमा थिए ।

केही दिनअघि बेन्यामिन नेतान्याहुको विपक्षीमा रहेका ८ वटा पार्टीबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको थियो । 

प्रतिक्रिया दिनुहोस्