Logo
Logo

श्रीमतीद्वारा माओवादी नेता पाण्डेको हत्या, ११ पक्राउ


दृष्टि संवाददाता

315
Shares

कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेयको हत्यामा संलग्न ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक पाण्डेकी श्रीमती महिमा पाण्डेयसमेत छिन् ।

हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । गत जेठ ५ गते कपिलवस्तु नगरपालिका- ६ गोबरी सडकखण्डमा गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो ।

श्रीमती महिमाले कपिलवस्तु नगरपालिका-१ का ३९ वर्षीय ओमप्रकाश यादवसँग मिलेर हत्याको योजना बनाएकी थिइन् । ओमप्रकाशसँग महिमाको अनैतिक सम्बन्ध रहेको प्रहरीले जनाएको छ । श्रीमतीको अनैतिक सम्बन्धबारे दीपक पाण्डेलाई थाहा भएपछि हत्याको योजना बुनिएको थियाे ।

हत्यामा संलग्न रमजान साह मुसालमान, साकिर अलि पाखिया, पुर्णविर पाल्पाली कुम्हाल, सद्धाम हुसेन, ज्ञानेन्द्र कुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम चौधरी, नसरत अलि र प्रविण गुप्तालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सर्वजनिक गरेको छ ।

घटनामा संलग्न हातहतियारसहित पक्राउ परेका र उक्त हातहतियार खरिद बिक्री, ओसारपसार कार्यमा संलग्न सम्पूर्णलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम कपिलवस्तु जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मुख्य योजनाकार यादवबाट पेस्तोल थान–१ म्याग्जिन थान–१, २२ म्याग्नमको गोली ६८ राउण्ड, रमजान साह मुसलमानबाट स्वचालित पेस्तोल थान–१ को म्याग्जिन थान–१ र गोली ८ राउण्ड र गोली हान्ने व्यक्ति साकिर अलि पाखियाबाट एक थान नल कटुवा पेस्तोल र २ राउण्ड गोली बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्