Logo
Logo

बागमतीले ५५ अर्ब हाराहारीकाे बजेट ल्याउने


दृष्टि संवाददाता

441
Shares

काठमाडाैं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ५५ अर्बको हाराहारीमा ल्याउने भएकाे छ ।असार १ गते प्रदेशले बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार बागमती प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेको हाे ।

कोरोना महामारीका कारण आर्थिक तथा विकास निर्माणको क्षेत्रमा परेको प्रभाव न्यूनीकरणको लागि पुनरुत्थान र पुनर्भरणको कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

प्रदेशले चालु आव २०७७/०७८ मा ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ। मन्त्रालयले चालु वर्षमा करिब ८० प्रतिशत बजेट खर्च हुने अनुमान गरेको छ। बितेको वर्ष ६० प्रतिशत हाराहारीमा मात्रै बजेट खर्च भएको थियो।

स्वास्थ्य र रोजगारीको विषयलाई प्रदेशको नीति तथा कार्यक्रममा पनि उच्च प्राथमिकता दिइएको छ। प्रदेशका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने उद्देश्यले ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्