Logo
Logo

निर्वाचन आयोगको निर्णयविरुद्ध बाबुराम-उपेन्द्र पक्ष सर्वोच्च जाने


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ। 

सोमबार बालकुमारीस्थित पार्टी कार्यालयमा  बसेको बाबुराम-उपेन्द्र पक्षको कार्यकारिणी समितिको बैठकले कानुन व्यवसायीसँग परामर्श गरेर सर्वोच्च अदालत जाने निर्णय गरेको हो। 

आयोगले जसपाको आधिकारिकता विवादमा त्रुटीपूर्ण निर्णय गरेको भन्दै बाबुराम- उपेन्द्र पक्षले त्यसलाई अदालतमा चुनौती दिन लागेको हो। निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टी(जसपा) को दुवैपक्षको निर्णयलाई आधिकारिकता नदिने निर्णय गरेको थियो। 

आयोगको बैठकले पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक–अर्कालाई कारबाही गरेको निर्णयसहित पदाधिकारी हेरफेर गर्न दिएका दुवै निवेदनलाई आधिकारिक मान्न नसक्ने निर्णय गरेको थियो। आयोगले साविकका दुवै अध्यक्ष कायम रहने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्