Logo
Logo

नक्कली डिएसपी पक्राउ


दृष्टि संवाददाता

2.6k
Shares

काठमाडौं । आफूलाई प्रहरी नायव उपरिक्षक (डिएसपी) बताउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा एसके ढुंगानालाई पक्राउ गरेको हाे ।

ढुंगानाले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो राखेका छन् । सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरी र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्रको ‘डिएसपी हुँ’ भन्दै हिँड्ने ढुंगानाले आफु प्राविधिक प्रहरी कर्मचारी ‘डाक्टर हुँ’ भन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ढुंगानालाई तारकेश्वरस्थित भिक्टोरीया फार्मेसीबाट प्रहरीले पक्राउ गरेको हो । सो फार्मेसी उनले नै सञ्चालन गरेको खुलेको छ । तर, पक्राउ परेपछि उनले सो फार्मेसी आफ्नो नभएको प्रहरीलाई बताएका छन् । उनीसँग चिकित्सकमा हुनुपर्ने योग्यता नभएको प्रारम्भिक अनुसन्धान खुलेको महाशाखाले जनाएको छ ।

ढुंगानाविरुद्ध ठगी उद्योग र आफुले नपाएको ओहोदा पाएको भन्न नमिल्ने कसुरमा अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्