Logo
Logo

काेराेना राहत प्याकेज ल्याउन तीन पूर्व प्रधानमन्त्रीको माग


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । विपक्षी गठबन्धनले कोरोना भाइरसविरुद्धको खोप यथाशीघ्र उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

सोमबार साँझ कोटेश्वरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पककमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच भएको छलफलले सरकारलाई यथाशीघ्र खोपको व्यवस्था गर्न भनेको हो ।

बैठकले लामो समयदेखि निषेधाज्ञा जारी हुँदा विपन्न वर्ग भोकसँग लडिरहेको भन्दै तत्काल राहत प्याकेज ल्याउन पनि सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्