Logo
Logo
युराेकप २०२०

युराेकपमा चेक रिपब्लिककाे विजयी सुरूवात


दृष्टि संवाददाता

189
Shares

काठमाडाैं । युराेकपमा चेक रिपब्लिकले विजयी सुरूवात गरेकाे छ । स्कटल्याण्ड विरूद्ध २-० काे जीत निकाल्दै चेक रिपब्लिकले विजयी सुरूवात गरेकाे हाे ।

जीतका लागि प्याट्रिक शिकले नै २ गाेल गरे ।  पहिलो हाफको खेल सकिदा स्कटल्याण्डविरुद्ध चेक रिपब्लिकले १-० को अग्रता बनाएको थियाे । ४२ औं मिनेटमा प्याट्रिकले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलाे हाफमा अग्रता बनाएकाे रिपब्लिकले दाेस्राे हाफमा पनि आक्रामक प्रस्तुतीलाई जारी राख्यो । प्याट्रिकले नै खेलको ५२ औं मिनेटमा दोस्रो गोल गर्दै खेलमा अग्रता दाेब्बर बनाए ।

त्यसपछि दुवै टिमबाट थप गाेल हुन सकेन । जीतसँगै रिपब्लिकले तीन अंक जाेडेकाे छ ।

प्रतिक्रिया दिनुहोस्