Logo
Logo

नारायणी नदीमा बाढी, गण्डक ब्यारेजका सबै ढोका खोलियो


दृष्टि संवाददाता

567
Shares

काठमाडाैं । लगातारको झरीले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि गएपछि गणडक ब्यारेजका सबै ढाेका खाेलिएकाे छ । देवघाट जलमापन केन्द्रका अनुसार मंगलबार अपरान्ह ४ बजेपछि पानीको सतह ८ दशमलब २६ मिटरभन्दा माथि पुगेपछि ब्यारेजका सबै ढाेका खाेलिएकाे हाे ।

त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी आनन्द शर्माले नारायणी नदी आसपासका बासिन्दालाई सतर्क अपनाउन प्रशासनले अनुरोध गरेको सूचना जारी गरेको छ । आसपासका सूरक्षा निकायलाई सर्तक अवस्थामा राखिएको छ ।

नारायणी नदीमा पानीको सतह ८ मिटर भन्दामाथि गएपछि खतराको संकेत गर्दछ । 

प्रतिक्रिया दिनुहोस्