Logo
Logo

फिफा बरीयतामा नेपाल तीन स्थान माथि उक्लियाे


दृष्टि संवाददाता

2.3k
Shares

एजेन्सी । फिफा बरीयतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक सय ७१ औं स्थानबाट एक सय ६८ औं स्थानमा पुगेको हाे ।

अघिल्लो महिनाको बरियतामा एक सय ७१ औं स्थानमा रहेको नेपाल जुनमा सार्वजनिक भएको नयाँ बरियतामा नेपाल तीन स्थान सुधार गर्दै एक सय ६८ औं स्थानमा पुगेको हो ।

इराकसँगको मैत्रीपुर्ण खेलमा हार ब्यहोरेको नेपालले फिफा विश्वकप छनौटमा चाइनीज ताइपेइसँग तीन शुन्यले जितेको थियो । यस्तै जोर्डनसँग तीन शुन्यको हार ब्यहोरेको नेपालले निकै बलियो टिम अष्ट्रेलियासँग पनि तीन शुन्यले पराजित भएको थियो ।

टिमले जोर्डन र अष्ट्रेलियासँग हारेपनि उसको प्रशंसा भने भएको थियो । आफु भन्दा माथिका टिमसँगको प्रदर्शनका कारणपनि नेपाली टिमको बरियता फरक आएको हो ।

प्रतिक्रिया दिनुहोस्