Logo
Logo
युरोकप २०२०

हङ्गेरीविरुद्ध रोनाल्डोलाई जीत निकाल्न चुनौती


दृष्टि संवाददाता

630
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार)पोर्चुगलले हंगेरीसँग प्रतिस्पर्धा गर्दैछ । साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको मैदान पुस्कास एरिनामा प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘एफ’ मा रहेको पोर्चुगल आज सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने पोर्चुगललाई युरोपियन फुटबलमा कहलिएका खेलाडीहरुको साथ रहने छ ।

फ्रान्समा २०१६ भएको पछिल्लो संस्करणमा पनि समूह चरणमा भेटका यी टोलीले रोमाञ्चक ३-३ गोलको बराबरी खेलेका थिए । युरोको इतिहासमै लगातार दोस्रो टोली बन्ने होडमा छ । हालसम्म स्पेनले (२००८ र २०१२मा) मात्रै लगातार दुई पटक युरो जितेको छ ।

२०१६ को युरोमा समूह चरणका कुनै पनि खेल नहारेको हंगेरीविरुद्ध उसकै मैदानमा तीन अंक खोस्नु पोर्चुगलका लागि पक्कै सहज हुनेछैन । 

प्रतिक्रिया दिनुहोस्