Logo
Logo

उपाधि दाबेदार जर्मनी र फ्रान्सबीच आज भिडन्त


दृष्टि संवाददाता

693
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई ठुला टिम फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकप विजेता फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ मा रहेका दुबै टिम पहिलो खेलमा जित निकाल्ने योजनामा हुनेछन् ।  दुबै टिमका लागि यस जितको छुट्टै अर्थ हुनेछ । त्यसैले दुई विश्व विजेता टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

२०१८ मा विश्वकप विजेता बनेको फ्रेन्च टोली यो युरो २०२० जित्दै इतिहास दोहोर्‍याउन चाहन्छ । यसअघि १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रेन्च टोलीले सन् २००० मा युरो पनि जितेको थियो ।

जर्मनी र फ्रान्सबीचको यो भेट ठूला प्रतियोगितामा छैठौं पटक हुन लागेको हो । तर, समूह चरणमा भने पहिलो पटक भिड्न लागेका हुन् । हेड टू हेड रेकर्ड हेर्ने हो भने दुवै टोलीले २-२ पटक जितेर १ खेलमा बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्