Logo
Logo

फ्रान्ससँग जर्मनी स्तब्ध


दृष्टि संवाददाता

756
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकपमा फ्रान्सले सुखद सुरुवात गरेको छ । जर्मनीविरुद्ध १-० को जीत निकाल्दै फ्रान्सले खेलमा विजयी सुरुवात गरेको हो ।

जर्मनीका माट्स हुमेल्सको आत्मघाती गोल नै जर्मनीका लागि घातक बन्यो । डिफेन्डर हुमेल्सले २० औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

दोस्रो हाफमा एम्बाप्पे र बेन्जेमाले गोल गरेको भएपनि उक्त गोललाइ रेफ्रीले मान्यता दिएन । दुबै गोललाई अफसाइड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्