Logo
Logo

विपद व्यवस्थापन समितिको आकस्मिक बैठक सिंहदरबारमा


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढीपहिरो क्षति पुर्याएपछि विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा बसिरहेको छ ।

देशका विभिन्न क्षेत्र र सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्याएको खबर सार्वजनिक भएलगत्तै समितिको बैठक सिंहदरबार बसेको छ । गृहमन्त्री यो समितिका अध्यक्ष हुन्छन् ।

सिन्धुपाल्चोक लगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल भइरहेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलका अनुसार तत्काल गर्नुपर्ने उद्दार र अन्य तयारीका बारेमा बैठकले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्