Logo
Logo

उपचारका लागि पूर्वप्रधानमन्त्री खनाललाई दिल्ली लैजाने तयारी


दृष्टि संवाददाता

1.7k
Shares

काठमाडौं । थप उपचारका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई नयाँदिल्ली लैजाने तयारी गरिएकाे छ ।

आज दिउँसो साढे बाह्र बजे नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली लैजाने तयारी गरिएको हो । पूर्वप्रधानमन्त्री खनालको दिल्ली स्थित एपोलो अस्पतालमा थप उपचार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान खनाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्