काठमाडौं । वर्षा लागेसँगै देशभर बाढीपहिरोको त्रास बढेको छ । मंगलबार बिहानदेखि भएको वर्षाले सिन्धुपाल्चोकमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । जहाँ अहिलेसम्म सात जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।
यस्तै, बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । बुधबार कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।
उनका अनुसार पानीको बहाव बढिरहेको छ । तर खतराको अवस्था भने छैन । उनले नदी किनार आसपासको क्षेत्रमा निरन्तर अवलोकन गरिरहेको बताए ।
सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ ।