Logo
Logo

देशभर बाढी-पहिराको वितण्डा (फोटोफिचर)


दृष्टि संवाददाता

945
Shares


काठमाडौं । मनसुन सुरु भएसँगै देशभर बाढी पहिराले वितण्डा मच्चाएको छ । मंगलबार दिनभरी वर्षा भएसँगै नदी किनाराका बस्तीहरु डुवानमा परेका छन् भने धेरै जसो बस्ती जोखिममा परेका छन् ।

मनाङको बाढी

मंगलबारको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढी पस्दा दर्जनौँ घरमा क्षति भएको छ भने सात जना बेपत्ता भएका छन् । अहिले त्यहाँ नेपाली सेना र प्रहरीले उद्दार कार्य जारी राखेको छ । बाढी पहिराका कारण कति क्षति भयो भन्ने विवरण आएको छैन ।

मेलम्ची बजार

यस्तै बाढीका कारण मेलम्ची खानेपानीको ड्याम भत्काएको छ । मेलम्ची खानेपानीका काम गर्ने मजदुरको क्याम्प समेत बाढीले बगाएको छ । यस्तै, मनाङमा बाढी पहिराका कारण सयौँ अलपत्र परेका छन् । बस्ती डुबानमा परेको छ । नदीहरुको वहाव बढ्दै गएको छ । अझै तीन दिन वर्षा हुने मौसम पूर्वाअनुमान महाशाखाले जनाउँदै सर्तकता अपनाउन अनुरोध गरेका छ । तस्बिरहरु रासस र सामाजिक सजाल

काठेखोलामा आएको बाढीले क्षति पु¥याएको बागलुङ नगरपालिका– १ मालढुंगामा रहेको पक्की पुल क्षति ।

बाढीले पुरिएको मेलम्ची बजार । इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङगे पुल बाढीले बगाएको छ ।
पहिरोले अवरुद्ध बागलुङ–पोखरा राजमार्ग अन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिरोका कारण हिजोदेखि सडक अवरुद्ध छ ।
इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङगे पुल बाढीले बगाएको छ ।
निरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका–६ काफ्लेफाँटका घर । पहिरोका कारण यहाँका दुई घर जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस्